Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

भुकम्पमा ज्यान गुमाउनेको सम्झनामा बर्दिवासमा श्रद्धाञ्जली सभा

२० कार्तिक २०८०, सोमबार १६:०५

टछ संवाददाता
जाजरकोट जिल्लालाई केन्द्रविन्दु बनाएर गत शुक्रबार राती गएको भुकम्पमा परी ज्यान गुमाउने ब्यक्तिको सम्झनामा बर्दिबासमा श्रद्धाञ्जली सभा गरिएको छ । जाजरकोट भुकम्पमा ज्यान गुमाउनेको संङ्ख्या १ सय ५३ पुगेको छ । सम्पुर्ण मृतकको चिर शान्तिको कामना संगै श्रद्धाञ्जली ब्यक्त गर्न सभाको आयोजना गरिएको होटल तथा पर्यटन ब्यबसायी संघ महोत्तरीका अध्यक्ष गुन्ज बहादुर कार्किले जानकारी दिए ।
श्रद्धाञ्जली सभामा मृतकको सम्झनामा मैनबत्ती प्रज्वलन गरिएको थियो । सभाको प्रमुख ब्यक्तिको रुपमा मधेस प्रदेश सभा सदस्य सारदादेवी थापाले मैनबत्ती प्रज्वलन गरि श्रद्धाञ्जली ब्यक्त गरेकी थिइन् । बर्दिवास नगरपालिका मेयर प्रल्हाद कुमार क्षेत्रीले बर्दिवास बासिका तर्फबाट मृतकको चिर शान्तिको कामना गर्दै घाइतेको शिघ्रस्वास्थ्य लाभको कामना गरे । साथै बर्दिवास नगरपालीकाले जाजरकोट भुकम्प पिडितका पिडामा मलम लगाउन राहात लिएर जाजरकोट जाने तयारीमा रहेको जानकारी समेत मेयर क्षेत्रीले गराए ।
मंगलबार मेयर क्षेत्री सहित ६ जनाको टोलि राहात लिएर जाजरकोट जाने तयारीमा रहेकाले सहयोग गर्न चाहाने हर कोहिको सहयोग नगरले जाजरकोट पुर्‍याउने र बाँकी सहयोग नगरले लैजाने तयारी गरेको क्षेत्रीले बताए ।

होटल तथा पर्यटन ब्यबसायी संघ महोत्तरीले आयोजना गरेको श्रद्धाञ्जली सभामा संगका जिल्ला सचिव नारायण घिमिरेले सहजीकरण गरेका थिए भने बर्दिवासका नगरपालिका, नगरभित्रका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि स्थानिय युवा समाजसेवी लगायतको सहभागीता थियो । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रबार गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या घटेको छ । स्थानीय प्रशासनले यसअघि जाजरकोटमा मात्र १ सय ५ जनाको मृत्यु भएको जनाएको थियो । जाजरकोटको नलगाड नगरपालिकाका तीन जना मृतकको ठेगाना र मृत्यु भएको स्थान फरकफरक परेकाले दोहोरिएको र अर्को एक जनाको नागरिकता र बोलाउने नाम छुट्टाछुट्टै रहेको र दुवै नाम रेकर्डमा टिपिएकाले ४ जनाको संख्या दोहोरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले प्रस्ट्याएका छन् । 
शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६।४ म्याग्नेच्युडको भुकम्प गएको थियो । भुकम्पमा परी सयौं ब्यक्ति घाइते भएका छन् भने सयौंको घर भुकम्पले ध्वस्त बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

३४ औँ पारिजात स्मृति दिवसमा कृति लोकार्पण तथा स्रष्टा सम्मान

मटिहानी नगरपालिकालाई सामाजिक विकासमा उत्कृष्ट नगरपालिका सम्मान

राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त

बर्दिबास उद्योग वाणिज्य संघको निर्वाचनमा दिपक कार्की प्यानलको शानदार जीत

बजार क्षेत्रलाई सीसीटीभी युक्त बनाउँदै सुरक्षित र उज्यालो बर्दिबास निर्माण गर्ने श्रेष्ठ प्यानलको प्रतिवद्वता

महोत्तरीमा आइपिएम कृषक पाठशाला

ताजा अपडेट
  • ३४ औँ पारिजात स्मृति दिवसमा कृति लोकार्पण तथा स्रष्टा सम्मान

  • मटिहानी नगरपालिकालाई सामाजिक विकासमा उत्कृष्ट नगरपालिका सम्मान

  • राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त

  • बर्दिबास उद्योग वाणिज्य संघको निर्वाचनमा दिपक कार्की प्यानलको शानदार जीत

  • बजार क्षेत्रलाई सीसीटीभी युक्त बनाउँदै सुरक्षित र उज्यालो बर्दिबास निर्माण गर्ने श्रेष्ठ प्यानलको प्रतिवद्वता

  • महोत्तरीमा आइपिएम कृषक पाठशाला

© 2026: Touch Khabar All Rights Reserved