Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

मधेस प्रदेश स्तरिय दुई दिवसिय तेक्वान्दो प्रतियोगितामा क्रिएटिभ डोजाङ बर्दिवास प्रथम

२० कार्तिक २०८०, सोमबार १०:३२

सुनिता बराल
महोत्तरी
महोत्तरीको बर्दिवासमा भएको दुइ दिवसिय मधेस प्रदेश स्तरीय तक्वान्दो प्रतियोगितामा क्रिएटिभ तेक्वान्दो डोजाङ महोत्तरी प्रथम भएको छ । मधेस प्रदेशका अन्य ११ वटा डोजाङलाई पछि पार्दै क्रिएटिभ डोजाङले १२ वटा गोल्ड मेडल सहित प्रथम, १० वटा सिल्भर मेडल सहित दोश्रो र १४ वटा कास्य पदक सहित तेश्रो भएपछि क्रियटिभ डोजाङ प्रतियोगिताको विजेता भएको निर्णायक मण्डलले जनाएको छ । प्रतियोगितामा प्रिया तेक्वान्दो डोजाङ जनकपुर द्धितिय र श्री जनज्योती आधारभुत तेक्वान्दो डोजाङ बारा तृतिय भएको प्रतियोगिता आयोजक समितिका संयोजक तथा क्रिएटिभ डोजाङ बर्दिवासका संस्थापक छेवाङ दोर्जे मोक्तानले जानकारी दिए ।
प्रिया तेक्वान्दो डोजाङ धनुषा ६ वटा गोल्ड मेडल सहित प्रथम,२ सिल्भर मेडल सहित द्धितिय र ४ कास्य पदक सहित प्रतियोगितमा दोश्रो भएको छ भने तृतिय हुने जनज्योती डोजाङका ३ खेलाडि प्रथम,५ खेलाडि द्धितिय र ३ खेलाडि तृतिय भएसंगै जनज्योती खेलको तृतिय स्थानमा आएको आयोजक समितिले जनाएको छ । प्रतियोगितका विजेता खेलाडिले सिल्ड सहित प्रमाणपत्र र मेडल पाएका छन् ।

शुक्रबारबाट सुरु भएको प्र्रतियोगिता शनिवार सा“झ सम्पन्न भएको हो । पुरुष तर्फ बाराका १४ वर्षका अश्विन लामा प्रतियोगिताको वेस्ट पुम्से घोषित भएका छन् भने महिला तर्फ वेस्ट पुम्सेमा बर्दिवास क्रिएटिभ डोजाङकी ८ वर्षकी खेलाडि परिनिती चोप्रा घोषित भएकि छिन् ।
त्यस्तै प्रतियोगितामा धनुषाका १० वर्षका अंकित राई र महिलातर्फ महोत्तरीकी ८ वर्षिया आलिया मगर वेस्ट फाइटर घोषित भएका छन् ।
मधेस प्रदेशका धनुषा,महोत्तरी,सर्लाही,बारा,पर्सा र सिराहा गरि ६ जिल्लाका ६ वर्षदेखि २० वर्षसम्मका २ सय खेलाडिले प्रतियोगितामा भाग लिएका थिए । खेलमा भक्तपुरका सुमन कपालीलाई बेस्ट रेफ्री र सिराहाका रामवरण यादवलाई बेस्ट कोच घाषित भएको आयोजक समितिले जनाएको छ । खेलको मुल्याङ्कन समुहमा राष्ट्रिए कोच तिलक लामा,बरिष्ठ कोच विजय साह ठकुरी,इन्टरनेशनल रेफ्री जीत सिंङ लामा,नेपाल तेक्वान्दो संघका मधेस प्रदेश अध्यक्ष पेमा सिद्धि लामा र तेक्वान्दो संघ मधेस प्रदेशका महासचिव राजकुमार लामा थिए ।

मधेस प्रदेशमा तेक्वान्दो खेल्ने खेलाडिको रुचि र क्षमता बढेको भन्दै यस्ता प्रतियोगिता आवश्यक भएको र प्रतियोगितामा खेलाडिले उकृष्ट खेल प्रर्दशन गरेका नेपाल तेक्वान्दो संघका महासचिव दिप राज गुरुङले बताए । नेपालका राष्ट्रिय तथा अन्तराष्ट्रिय तेक्वान्दो खेलका खेलाडि तथा कोचहरुको उपस्थितीमा सम्पन्न दुई दिवसिय खेल बर्दिवासको बर्दिवास बोर्डिङ स्कुलको प्राङगणमा सम्पन्न भएको छ । प्रतियोगितमा अन्तराष्ट्रिय तेक्वान्दो खेलका निर्णयक तारजन लिम्बु र राष्ट्रिय प्रशिक्षक कविराज खड्कीको पनि उपस्थिती थियो ।

क्रिएटिभ तेक्वान्दो डोजाङ बर्दिवासको पहल र अग्रसरतामा भएको खेलमा सुस्वानी मार्केटिङले प्रायोजन गरेको र खेल सम्पन्न गराउ“न २ लाख माथीको रकम खर्च भएको आयोजक समितिले जनाएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा मधेस प्रदेशका खेलाडि उत्पादन गरि प्रतिष्पर्धामा उतार्ने र मधेस प्रदेश तेक्वान्दोमा अब्बल भएको सावित गराउ“न प्रतियोगिताले मद्धत गर्ने भन्दै प्रतियोगिता आयोजना गरिएको क्रिएटिभ डोजाङका संस्थापक तथा आयाृृेजक समितिका संयोजक छेवाङले बताए ।
बर्दिवास नगरपालिकाका मेयर प्रल्हाद कुमार क्षेत्रीले मधेस प्रदेश स्तरिय खेल बर्दिवासमा आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिदै नगरको तर्फबाट खेलाडि र आयोजकका लागि नगरले गर्न सक्ने सहयोग गर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

‘घुमौँ मधेस, बुझौँ मधेस’ अन्तरक्रिया तथा महाअभियानको भव्य समापन

एसईई पछि छात्रवृत्तिका लागि दरखास्त खुला, जेहेन्दारलाई थप अवसर

राष्ट्रपति समक्ष राजदूतहरुद्वारा ओहोदाको प्रमाणपत्र पेश

होटल व्यवसायीको क्षमता अभिवृद्धि तालिम सम्पन्न

बर्दिवासमा विश्व साइकल दिवसको अवसरमा विशेष साइक्लिङ कार्यक्रम

मधेसमा सडक सुरक्षा सप्ताह मनाउँदै ट्राफिक प्रहरी: महोत्तरीले सार्वजनिक गर्‍यो कार्यतालिका

ताजा अपडेट
  • ‘घुमौँ मधेस, बुझौँ मधेस’ अन्तरक्रिया तथा महाअभियानको भव्य समापन

  • एसईई पछि छात्रवृत्तिका लागि दरखास्त खुला, जेहेन्दारलाई थप अवसर

  • राष्ट्रपति समक्ष राजदूतहरुद्वारा ओहोदाको प्रमाणपत्र पेश

  • होटल व्यवसायीको क्षमता अभिवृद्धि तालिम सम्पन्न

  • बर्दिवासमा विश्व साइकल दिवसको अवसरमा विशेष साइक्लिङ कार्यक्रम

  • मधेसमा सडक सुरक्षा सप्ताह मनाउँदै ट्राफिक प्रहरी: महोत्तरीले सार्वजनिक गर्‍यो कार्यतालिका

© 2025: Touch Khabar All Rights Reserved