Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

नयाँ संचालक र लेखा समिति चयन गर्दै मनिप्लान्टको १४ औं साधारणसभा सम्पन्न

२७ आश्विन २०८०, शनिबार १५:२१

काठमाडौं
‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’को मान्यता आधारित भएर क्रियाशील ‘मनिप्लान्ट सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड’को आज सम्पन्न १४ औं साधारणसभाले नयाँ संचालक समिति र लेखा तथा सुपरिवेक्षण समितिको चयन गरेको छ। साधारणसभामा बागमती प्रदेशका सहकारी रजिस्ट्रार राधाकृष्ण खतिवडा प्रमुख अतिथि हुनुहुन्थ्यो।

अध्यक्ष सुदर्शन पराजुलीले राजिनामा दिनुभएसँगै इन्दमणि पोखरेल नयाँ अध्यक्ष चयन हुनुभएको छ। संचालक समितिमा सुसन कर्माचार्य उपाध्यक्ष, उद्दिमबहादुर देवकोटा सचिव र राजकुमार सुवेदी कोषाध्यक्ष चयन हुनुभएको छ। त्यस्तै सदस्यहरूमा यामकुमार खड्का, धनबहादुर श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, कृष्णसागर शर्मा, हेलेन घिमिरे, शान्ता पाण्डे घिमिरे र कमल गिरी चयन हुनुभएको छ।

लेखा तथा सुपरिवेक्षण समितिमा भने किरण मास्के संयोजक र राजेन्द्रप्रसाद घिमिरे तथा निलमणि दाहाल सदस्य चयन हुनुभएको छ।

साधारणसभामा संस्थाको प्रतिवेदन, लेखा प्रतिवेदन, आयव्यय विवरण प्रस्तुत र पारित गरिनुका साथै संस्थागत अवस्थाको समीक्षा र कार्ययोजनाबारे विस्तृत छलफल तथा नीति तर्जुमा भएको थियो। साथै संस्था संबद्ध सदस्य र परिवारबाट उत्कृष्ट शैक्षिक योग्यता हासिल गरेका, संस्थामा उत्कृष्टता देखाएका, विभिन्न पदोन्नति र नियुक्ति भएकाहरूलाई पुरस्कृत तथा सम्मानित गरिएको थियो। त्यसक्रममा १४ जनालाई उत्कृष्ट शैक्षिक पुरस्कार तथा तीन-तीन जनालाई ज्येष्ठ सदस्य, उत्कृष्ट ऋण कारोबारी र उत्कृष्ट बचतकर्ताका रूपमा सम्मान गरिएको थियो। एकजनालाई उत्कृष्ट कर्मचारी पुरस्कार दिइएको थियो। लालिगुराँस बाटिका सेकेन्डरी स्कुल, नरेफाँटका बिद्यार्थीले सांस्कृतिक प्रस्तुति समेत दिएका थिए।

अध्यक्ष पोखरेलले सफल कार्यसम्पादनका लागि अघिल्लो संचालक समितिलाई धन्यवाद दिंदै सहकारी क्षेत्रको संस्थागत चुनौतीबीच आफू संचालक समितिमा आएको र सबैको हातेमालोबाट नै चुनौतीको सामना गर्नसकिने बताउनुभयो। संस्थाको सेयर सदस्य संख्या एक हजार एक सय ८२ पुगेको र पछिल्लो आवको कुल वासलत एक अर्ब २१ करोड १७ लाख ३६ हजार आठसय ५२ रुपैयाँ रहेको कार्यकारी प्रमुख ओमबहादुर बस्नेतले जानकारी दिनुभयो।

प्रतिक्रिया
सम्बन्धित समाचार

बर्दिबास बचत तथा ऋण सहकारीको १५औँ साधारण सभा सम्पन्न

बर्दिबास बोर्डिङ स्कुलद्वारा बाढीपीडितका लागि रु. १ लाख २ हजार सहयोग

रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

ताजा अपडेट
  • बर्दिबास बचत तथा ऋण सहकारीको १५औँ साधारण सभा सम्पन्न

  • जनता साहित्यिक मञ्च गौरीडाँडाको ३६ ओैँ शृङ्खला सम्पन्न

  • बर्दिबास बोर्डिङ स्कुलद्वारा बाढीपीडितका लागि रु. १ लाख २ हजार सहयोग

  • रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

  • भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

  • खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

© 2026: Touch Khabar All Rights Reserved