Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

विपि राजमार्गको सडक सुरक्षामा खटिए प्रहरी र स्थानिय

२७ आश्विन २०८०, शनिबार १४:१०

महोत्तरी
शनिबारबाट महोत्तरीमा प्रहरी र स्थानियले सडक सुरक्षाका लागि अभियान थालेका छन् । चाडपर्वलाई लक्षित गरि सडकमा हिड्ने यात्रु र सवारी सङ्ख्या बढ्न थालेसंगै यात्रुहरुको सुरक्षित यात्राका लागि सडक सुरक्षा अभियान थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका प्रमुख रामभक्त भट्टराईले जानकारी दिए ।
काठमाण्डौ“बाट विपी राजमार्ग हु“दै चाडपर्व मनाउँन घर फर्किने यात्रुहरु बढेसंगै भाडाका सवारीले क्षमताभन्दा बढि यात्रु बोक्ने,बढि भाडा असुल्ने,ट्राफिक नियमको पालना नगर्ने जस्ता नियम उल्लङ्घन हुनसक्ने अवस्थाको ध्यानमा राखि सडक सुरक्षा अभियान चलाईएको भट्टराईले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीको अगुवाइमा थालिएको सडक सुरक्षा अभियानमा ईलाका प्रहरी कार्यालय बर्दिवास, रोटरी क्लब,रोट्रयाक क्लब बर्दिवासका स्थानियहरु समेत जोडिएका ट्राफिक कार्यालय बर्दिवासले जनाएको छ ।

शनिबार विपि राजमार्गमा चल्ने ५ वटा सवारीलाई नियम उल्लघन गरेको भन्दै कार्वाही समेत गरिएको ट्राफिक प्रमुख भट्टराईले बताए । सवारी संचालकले यात्रुहरुलाई गर्ने व्यवहार लिएको भाडादर सोधपुछ गरि नियमभन्दा बाहिर गएका र कागजपत्र चुस्त नभएका सवारी कार्वाहीमा परेका प्रहरीले जनाएको छ ।
विपि राजमार्गमा चाडपर्वको समय सवारीको चाप बढ्ने र यात्रुहरु ठगिने र अप्ठ्यारोमा पर्ने गरेको पाहिएकाले यात्रु सुरक्षाको लागि स्थानियको तर्फबाट रोटरी र रोट्रयाक पनि प्रहरीकै अभियानमा जोडिएको रोट्रयाक क्लबका पूर्व अध्यक्ष विजय पोखरेलले बताए ।
चेकजा“चमा परेका भाडाका बस,हाइस,सुमो लगायतका सवारीमा ट्राफिक नियमको पालना गर्न अनुरोध गर्दै सचेतनाका पोस्टरहरु समेत सवारीमा टा“सिएको ट्राफिक प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

प्रधानमन्त्री मातहतको गुप्तचर निकायलाई कानुनी दायरामा ल्याइँदै

धान दिवसको अवसरमा प्रलेस मधेशद्वारा स्रष्टा सम्मान

संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि सिफारिस समितिको प्रक्रिया अघि बढेको छ : मन्त्री गौतम

‘प्रकोपलाई प्रतिशोधसँग जोड्नु गलत’ : गृहमन्त्री गुरुङ

मन्त्री बादीः हिंसामुक्त समाज निर्माण सरकारको प्रमुख प्राथमिकता

मटिहानी नगरपालिकाले ल्यायो ४७ करोड ४५ लाख रुपैयाँको बजेट

ताजा अपडेट
  • प्रधानमन्त्री मातहतको गुप्तचर निकायलाई कानुनी दायरामा ल्याइँदै

  • धान दिवसको अवसरमा प्रलेस मधेशद्वारा स्रष्टा सम्मान

  • संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि सिफारिस समितिको प्रक्रिया अघि बढेको छ : मन्त्री गौतम

  • ‘प्रकोपलाई प्रतिशोधसँग जोड्नु गलत’ : गृहमन्त्री गुरुङ

  • मन्त्री बादीः हिंसामुक्त समाज निर्माण सरकारको प्रमुख प्राथमिकता

  • मटिहानी नगरपालिकाले ल्यायो ४७ करोड ४५ लाख रुपैयाँको बजेट

© 2026: Touch Khabar All Rights Reserved