Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

बर्दिवासमा सटर फोडेर, चोरीको प्रयास

२७ आश्विन २०८०, शनिबार १३:०४

महोत्तरी
महोत्तरीको बर्दिवासमा दुईवटा सटर फोडेर चोरीको प्रयास भएको छ । बर्दिवास मुख्य बजार क्षेत्रका दुइ कपडा पसलमा सटर फोड्ने र चोरी गर्ने प्रयास भएको बर्दिवास उद्योग वाणिज्य संघ बर्दिवासका महासचिव उत्तम श्रेष्ठले जानकारी दिए । बर्दिवासको ईश्वरी कलेक्सन सेन्टर र दिप ज्योती बस्त्रालयको सटर शनिबार विहान ४ बजे फोडेर चोरी गर्ने प्रयास भएको इश्वरी कलेक्सनका संचालक सन्तोषमणि घिमिरेले बताए ।
शनिबार बिहान पसल खोल्न लाग्दा सटरमा पुन ताला लगाउन नसकिने गरि सडर तोडफोड गरेको अवस्थामा भेटिएपछि सिसि क्यामेरा हेर्दा केहि व्यक्तिले शनिबार विहान ४ बजे सटर फोड्ने प्रयास गरेको भेटिएको घिमिरेले बताए ।

चाडपर्वको समय चहलपहल बढेसंगै व्यवसायीको सुरक्षामा चुनौती पनि बढेको भन्दै इश्वरी कलेक्सनका संचालक घिमिरे र दिप ज्योतीका संचालक केदार साहले प्रहरी,प्रशासन, बाणिज्य संघ र सम्बन्धित सरोकारवालाको शनिबारनै ध्यानाकर्षण गराएका छन् ।
प्रहरी प्रशासनले बजारक्षेत्रको सुरक्षामा विशेष चनाखो भएर काम गर्नुपर्ने घिमिरेले बताए । बर्दिवास नगरपालिका,प्रहरी र प्रशासनको उदासिनताकै कारण चोरी डकैतिका घटना बढ्दै गएको घिमिरेले बताए ।
विहानको समय भएकाले चोरीको नियतले सटर फोड्न खोज्ने व्यक्तिहरुले चोरी गर्न भने नभ्याएको भन्दै बजारक्षेत्रमा विशेष सुरक्षा व्यवस्था र चोरी डकैति नियन्त्रण तथा रोकथाम गर्ने कुनै योजना र कार्य नभएकै कारण बर्दिवासका व्यवसायीमा व्यवसाय सुरक्षाको चिन्ता बढ्दै गएको उनले बताए ।

शनिबार विहान सटर फोड्ने भएको प्रयासको घटनालाई लिएर व्यवसायी क्रसित बनेका व्यवासयी केदार साहले बताए । शनिबारबाट पसलको सुरक्षाका लागि सटरनै कुुरेर बस्नुपर्ने अवस्था भएको उनले बताए । बर्दिवास उद्योग वाणिज्य संघ बर्दिवासका अध्यक्ष विष्णु खड्काले उद्योगी व्यवसायीको सुरक्षाको निमित्त स्थानिय सरकारको तर्फबाट आश्वास मात्रै पाएको तर व्यवसायीको सुरक्षाको निमित्त कुनै काम नभएकाले दिनदिनै चोरीका घटना बढिरहेकोमा चिन्ता व्यक्त गरे ।
प्रहरी र प्रशासन संग बर्दिवासमा रातको समय हिडडुल गर्ने र आवतजावत गर्ने व्यक्तिहरुलाई सोधपुछ र निगरानी बढाउन आग्रह गरिएको खड्काले बताए । यस्ता चोरी डकैतिको प्रयास गर्ने व्यक्तिको पहिचान गर्न बजार क्षेत्रमा नगरपालिकाले सिसिक्यामेरा जडान गर्ने भनेको भएपनि काम अघि नबढ्दा व्यवसायीहरु संधै त्रासमा बस्नुपर्ने अवस्था भएको खड्काको भनाई छ । शनिबारकै विहान बर्दिवासकै एक फलफूल पसलबाट ५ हजार मुल्य बराबरको फलफूल समेत चोरी भएको खड्काले जानकारी दिए । प्रहरी र प्रशासनलाई चाडपर्वको बेला विशेष सुरक्ष ागर्न अनुरोध गरिएको पनि खड्काले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

गौरीबास युथ क्लवको आयोजनामा प्रथम खुल्ला भलिबल नकआउट प्रतियोगिता हुने

‘पठनसंस्कृति प्रवर्द्धन’ विषयमा बर्दिवासमा पुस्तकालय दिवसको अन्तरक्रिया सम्पन्न

हिरा गौतम ‘बर्दिवास वर्ष व्यक्ति सम्मान’ बाट विभूषित

पीठाधीश मुकुन्द शर्मा हुमागाईको संकल्प देशभर फैलिँदै

गाईजात्रामा बर्दिवास हाँस्नेछ – “अब हाँस्छ बर्दिवास” कार्यक्रम हुँदै

सहयोगी हाँसोसहितको जन्मदिन:बिनोद थापाको उदाहरणीय अभियान

ताजा अपडेट
  • गौरीबास युथ क्लवको आयोजनामा प्रथम खुल्ला भलिबल नकआउट प्रतियोगिता हुने

  • ‘पठनसंस्कृति प्रवर्द्धन’ विषयमा बर्दिवासमा पुस्तकालय दिवसको अन्तरक्रिया सम्पन्न

  • हिरा गौतम ‘बर्दिवास वर्ष व्यक्ति सम्मान’ बाट विभूषित

  • पीठाधीश मुकुन्द शर्मा हुमागाईको संकल्प देशभर फैलिँदै

  • गाईजात्रामा बर्दिवास हाँस्नेछ – “अब हाँस्छ बर्दिवास” कार्यक्रम हुँदै

  • सहयोगी हाँसोसहितको जन्मदिन:बिनोद थापाको उदाहरणीय अभियान

© 2025: Touch Khabar All Rights Reserved