टच समाचारदाता
महोत्तरीको बर्दिवासमा प्रशासनले बजार अनुगमन गरको छ । शनिबार बजार क्षेत्रका खाध्यन्न पसलहरुमा अनुगमन गरेको इलाका प्रशासन कार्यालय बर्दिवासले जनाएको छ । आउँदै गरेको चाडपर्व लक्षित गरि बर्दिवासमा संचालित साना तथा ठुला खाध्यन्न पसलमा अनुगमन गर्दा अधिकांस पसलमा त्रुटि भेटिएको प्रशासन कार्यालय बर्दिवासका कार्यालय प्रमुख सुनिल पौडेलले जानकारी दिए ।
इलाका प्रशासन कार्यालय, करदाता सेवा कार्यालय बर्दिवास ,बर्दिवास नगरपालिका, प्रहरी,उद्योग वाणिज्य संघका प्रतिनिधि,राष्ट्रिय उपभोक्ता मंचका प्रतिनिधि र पत्रकार लगायतको उपस्थितीमा अनुगमन गरिएको पौडेलले बताए । चाडपर्व नजिकिदै गर्दा उपभोक्तालाई खाध्यन्न खरिदमा पर्नसक्ने मारलाई मध्यनजर गर्दै बजार अनुगमन गरिएको प्रशासन कार्यालयले जनाएको छ ।
अनुगमनका क्रममा खाता, विल विजक कारोबार स्थलमा नभएको,इजाजत विना सुर्तिजन्य र मदिराजन्य पदार्थ बिक्रि वितरण गरेको,प्यान विल नकाटेर स्टीमेट विल काटेको,म्याद गुज्रिएका सामानहरु फेला पारिएको प्रशासन प्रमुख पौडेलले बताए । बजारक्षेत्रको कमलेस कस्मेटिक,चुरौटे मासु पसल,काफ्ले किराना,मनिष जेनेरल स्टोर,एसके कोल्ड स्टोर,नाइन्टी नाइन किराना,घर संसार,महतो किराना पसल,मेट्रो मार्ट, निर्मल बाबा खाध्यन्न लगायतका पसलमा टोलिले अनुगमन गरेको छ ।
अनुगमन गर्दा बढिनै त्रुटि भेटिएका ५ पसललाई जरिवाना समेत गरेको प्रशासनले जनाएको छ । जरिवानामा पर्ने पसलहरुमा निर्मल बाबा खाद्यन्न भण्डारलाई १० हजार,मेट्रो मार्टलाई ५ हजार,मनिष जेनेरल स्टोरलाई १० हजार,एसके कोल्ड स्टोरलाई १० हजार र काफ्ले किराना एण्ड दुध डेरीलाई ५ हजार जरिवाना गरिएको प्रशासन प्रमुख पौडेलले बताए । अन्य पसलहरुमा पनि भेटिएका त्रुटि सच्याउन र कागजपत्र चुस्त राख्दै म्याद गुज्रिएका सामान बिक्री नगर्न सचेत गराइएको पौडेलले बताए ।
कागजपत्र चुस्त नभएका,करमा दर्ता र नविकरण नभएका, नगरपालिकामा दर्ता नभएकालाई दर्ता र नविकरण हुन अनुरोध गरिएको र जरिवानामा परेका पसलाई करदाता सेवा कार्यालयको खातामा जरिवाना दाखिला गर्न पत्र काटिएको करदाता सेवा कार्यालय बर्दिवासका प्रमुख रवी श्रेष्ठले जानकारी दिए ।
विभिन्न पसलबाट जफत गरिएका बिस्कुट,मसला,चाउमीन,सस,चुक अमिलो, रियल जुस लगायतका म्याद गुज्रिएका सामान शनिवारनै प्रहरी प्रशासन र सम्बन्धित व्यक्तिहरुको रोहबरमा नष्ट गरिएको इलाका प्रशासन प्रमुख पौडेलले बताए ।