Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

जीवन जिउन सिकाउने ‘ह्याप्पीनेस कार्यक्रम’

३१ श्रावण २०८०, बुधबार १०:१४

सुनिता बराल
“घरमा श्रीमति र छोरीसंग ठुलो स्वरले बोलिरहन्थे, छोरीका हरेक गतिविधिलाई लिएर पिट्ने र गाली गर्ने मेरो स्वाभाव जस्तै बनिसकेको थियो” धनुषा मिथिला नगरपालिकाका राम कुमार विश्वकर्माले आफ्नो अनुभव सुनाउदैँ भन्नुभयो, “अब म झस्किरहेको छु, किन गाली गर्दै छु, किन पिट्दैछु ? आफुलाई रोक्दै छु” । द आर्ट अफ लिभिङको ६ दिने ह्याप्पीनेस कार्यक्रममा सहभागी भएर आफ्नो अनुभव सुनाउदैँ गर्दा रामकुमारले ६ दिनमा जीवनमा सिक्न नसकेको धेरै कुरा सिकेको बताउनुभयो ।

मकवानपुरको हेटौंडा घर भएका विनोद रुवाली व्यवसायको सिलसिलामा हाल महोत्तरीको बर्दिवासमा हुनुहुन्छ । बर्दिवासमा रहदाँ एक्लो महशुस गर्दै आउनुभएका रुवालीले ६ दिनको ह्याप्पीनेस कार्यक्रममा सहभागी सबै आफ्नो परिवार भएजस्तो ठान्न थालेकाले कार्यक्रममा सहभागी हुन पाउँदा निकै खुशी लागेको बताउनुभयो ।“मेरो छोरीले समेत योग जीवनको महत्व बुझेकी रहिछिन्” उहाँले भन्नुभयो, “६ दिनमा मैले पनि बुझे, योग जीवनका लागी अनिवार्य रहेछ” । “६ दिनको दौरानमै योग ध्यान गरिरहदा बुबा आमालाई सम्झेर मैले आँसु खसाले” रुवालेले भने, “मेरा जीवनको धेरै नकारात्कमक पाटोहरुलाई ६ दिनमै फाँलेजस्तो लागेको छ,योगबारे अरुले भनेको सुन्ने हैन आफैँले अनुभव गर्ने रहेछ” ।

द लायन्स क्लब अफ बर्दिवास समाजको सहयोग र द आर्ट अफ लिभिङको आयोजनामा साउन २५ गते बिहिबारबाट सुरु भएको ह्याप्पीनेस कार्यक्रम मंगलबार सम्पन्न भएको छ । ९७ जना सहभागी मध्यबाट कार्यक्रमको अन्तिम दिन केहि व्यक्तिले यस्तै मिठा आफ्ना अनुभवहरु एक अर्कासंग साटासाट गरे ।
बिहान ५ बजेबाट ८ बजेसम्म प्रत्यक दिन योग ध्यान र साधाना कक्षामा सहभागीले जीवनमा सिक्नैपर्ने कुरा ६ दिनमा गुरुबाट सिकेको बताएका छन् । विगत २० वर्षदेखि आर्ट अफ लिभिङको योग ध्यान र साधाना प्रशिक्षकका रुपमा रहनुभएका योगगुरु पवन नेपाल ह्याप्पीनेस कार्यक्रमका प्रशिक्षक हनुहुन्थ्यो ।
कार्यक्रमका सहभागी समाजसेवी तथा चुरे संरक्षणका अभियन्ता नागदेव यादवले योग ध्यान र साधाना परिवारको एक व्यक्तिलाई मात्रै नभई परिवारका हरेक सदस्य,छिमेकी र सिंगो समाज र देशलाईनै जरुरी भएको बताउनुभयो । समाज रुपान्तरणका लागि योग ध्यान र साधानाको महत्व निकै ठुलो रहेको भन्दै यादवले व्यक्तिलाई आफैँबाट परिवर्तन हुन ह्याप्पीनेस कार्यक्रमले सिकाउने हुँदा यो कार्यक्रम अत्यन्तै प्रभावकारी भएको उहाँले अनुभव सुनाउनुभयो । आर्ट अफ लिभिङका अन्य अगाडिका कार्यक्रममा समेत सहभागी हुन आफुँ उत्साहित रहेको यादवको भनाई छ ।
६ दिनको कार्यक्रममा सहभागीहरुलाई प्रशिक्षक नेपालले योग ध्यान र साधाना दैनिक रुपमा र निरन्तर गर्ने प्रतिवद्धता गराउ“नु भएको छ । सबै सहभागीले अव निरन्तर योग ध्यान र साधना जारी राख्ने बताएका छन् । योग ध्यान र साधनालाई नियमित अभ्यास गरेमा खुशी भएर जीवन जीउन र स्वस्थ रहन सकिने प्रशिक्षक पवन नेपालले बताउनुभयो ।
बर्दिवासलाई योगमय बनाउन सके समेद्ध बर्दिवास बन्ने परिकल्पना लायन्सको रहेकाले ह्याप्पीनेस कार्यक्रम गर्न लायन्स क्लब अग्रसर बनेको बर्दिवास लायन्स समाजका अध्यक्ष उमेश कुमार महतो दिपकले जानकारी दिनुभयो । सेवाको भाव राखेर गरिने हरेक कार्यले कुनै न कुनै तबरबाट समाजमा सकारात्मक प्रभाव पर्ने भन्दै महतोले समाज सेवा गर्ने मनासाय भएका हरेक व्यक्तिलाई लायन्ससंग जोडिन समेत आग्रह गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

साहित्य, भजन र सम्मानको संगम: कमला समाजको कार्यक्रम

कम्युनिस्ट पार्टीका उम्मेदवार पोखरेलले पर्सईधापबाट सुरु गरे जनभेटघाट

जनता साहित्यिक मञ्च गौरीडाँडाको २२ औँ शृङ्खलामा कविता वाचन प्रतियोगिता सम्पन्न

महोत्तरी–१ का उम्मेदवार पोखरेलले ‘पञ्चामृत’ मा खोले चुनावी एजेन्डा

बर्दिवासमा पद्म शमशेर खड्का स्मृति प्रतिष्ठानको घरदैलो अनुगमन तीव्र

७५औँ अङ्कसँगै नयाँ नेतृत्व, बर्दिबासमा साहित्यिक उत्सव

ताजा अपडेट
  • साहित्य, भजन र सम्मानको संगम: कमला समाजको कार्यक्रम

  • कम्युनिस्ट पार्टीका उम्मेदवार पोखरेलले पर्सईधापबाट सुरु गरे जनभेटघाट

  • जनता साहित्यिक मञ्च गौरीडाँडाको २२ औँ शृङ्खलामा कविता वाचन प्रतियोगिता सम्पन्न

  • महोत्तरी–१ का उम्मेदवार पोखरेलले ‘पञ्चामृत’ मा खोले चुनावी एजेन्डा

  • बर्दिवासमा पद्म शमशेर खड्का स्मृति प्रतिष्ठानको घरदैलो अनुगमन तीव्र

  • ७५औँ अङ्कसँगै नयाँ नेतृत्व, बर्दिबासमा साहित्यिक उत्सव

© 2026: Touch Khabar All Rights Reserved