Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

भाद्र १६ गतेदेखि बर्दिवासमा कृत्रिम खुट्टा वितरण शिविर संचालन हुने

१७ श्रावण २०८०, बुधबार १०:३५

टच संवाददाता
बर्दिवास,साउन १७
महोत्तरीको बर्दिवासमा भाद्र १६ गतेदेखि कृत्रिम खुट्टा वितरण शिविर संचालन हुने भएको छ । रोटरी क्लब अफ बर्दिवासले मधेस प्रदेशलाई लक्षित गरि उक्त शिविर संचालन गर्न लागेको रोटरी क्लब बर्दिवासका अध्यक्ष कृष्ण प्रसाद गौतमले जानकारी दिए ।
जन्मदै शारिरीक अशक्तता भएका र पछि विभिन्न घटना दुर्घटनामा परि खुट्टा गुमाउन परेका कारण दैनिक जीवनमा असहज परिस्थिती भोगिरहेका व्यक्तिहरुका लागि उक्त शिविर बरदान हुने रोटरीले जनाएको छ ।
भारतको रोटरी क्लब अफ जयपुर,रोटरी क्लब बिरगंज र नया“ कदम ट्रस्टको प्राविधिक सहयोगमा बर्दिवास रोटरी क्लबको आयोजनामा उक्त शिविर संचालन हुने गौतमले बताए ।
खुट्टा नहु“दा लौरो,बैसाखीको सहारामा हिड्ने र साहारा नहु“दा दैनिक कामकाज र हिडडुलनै गर्न नसक्ने व्यक्तिलाई बिना साहारा हिड्न सक्ने किसिमको कृत्रिम खुट्टा व्यक्तिको नापजा“चका आधारमा तयार र वितरण गरिने बर्दिवास रोटरी क्लबका सदस्य हाड तथा नशा रोग विशेषज्ञ डाक्टर चन्द्रमणी खत्रीले बताए । अहिलेसम्म बर्दिवासमा ७ जना बढि व्यक्तिहरु रोटरीको सम्पर्कमा आईसकेका रोटरीले जनाएको छ ।

भाद्र १६ गतेदेखी २५ गतेसम्म चल्ले शिविरमा अहिले रोटरीले १ सय बढी व्यक्तिलाईलाई कृत्रिम खुट्टा प्रदान गर्ने लक्ष्य लिएको रोटरीले जनाएको छ । बर्दिवासको विकासमा प्रत्यक्ष सहभागीता जनाउ“दै आएको रोटरी क्लबले बर्दिवासका विभिन्न विद्यालयमा आधुनिक शौचालय निर्माण,बर्दिवासको बिकट क्षेत्र झ्याउरेभाङ्ग्रेमा खानीपानीको आयोजना संचालन,मित्रपार्क निर्माण,विद्यार्थिहरुलाई साईकल वितरण, विभिन्न स्वास्थ्य विशिवहरु संचालन, बर्दिवासको सौदन्र्यकरणका लागि बजारक्षेत्रमा वृक्षारोपण लगायत विविध काम गर्दै आएको रोटरीका पूर्व अध्यक्ष शम्भु प्रसाद भट्टराईले बताए ।
बर्दिवासमा संचालन हुन लागेको शिविरलाई प्रचारप्रशार र सामाजिक सन्देश प्रभाव गर्ने हेतुले आउने भाद्र १० गते सिस्नुपानीको नेपालको विशेष कार्यक्रमम पनि रोटरीले गर्ने योजना सहित तयारी थालेको अध्यक्ष गौतमले जानकारी दिए । शिविरमा नेपालका सबै भुभाग र अन्य देशबाट आउने व्यक्तिलाई समेत चेकजा“च र सेवा प्रवाह गरिने रोटरी क्लब बर्दिवासका अध्यक्ष गौतमले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

गौरीबास युथ क्लवको आयोजनामा प्रथम खुल्ला भलिबल नकआउट प्रतियोगिता हुने

‘पठनसंस्कृति प्रवर्द्धन’ विषयमा बर्दिवासमा पुस्तकालय दिवसको अन्तरक्रिया सम्पन्न

हिरा गौतम ‘बर्दिवास वर्ष व्यक्ति सम्मान’ बाट विभूषित

पीठाधीश मुकुन्द शर्मा हुमागाईको संकल्प देशभर फैलिँदै

गाईजात्रामा बर्दिवास हाँस्नेछ – “अब हाँस्छ बर्दिवास” कार्यक्रम हुँदै

सहयोगी हाँसोसहितको जन्मदिन:बिनोद थापाको उदाहरणीय अभियान

ताजा अपडेट
  • गौरीबास युथ क्लवको आयोजनामा प्रथम खुल्ला भलिबल नकआउट प्रतियोगिता हुने

  • ‘पठनसंस्कृति प्रवर्द्धन’ विषयमा बर्दिवासमा पुस्तकालय दिवसको अन्तरक्रिया सम्पन्न

  • हिरा गौतम ‘बर्दिवास वर्ष व्यक्ति सम्मान’ बाट विभूषित

  • पीठाधीश मुकुन्द शर्मा हुमागाईको संकल्प देशभर फैलिँदै

  • गाईजात्रामा बर्दिवास हाँस्नेछ – “अब हाँस्छ बर्दिवास” कार्यक्रम हुँदै

  • सहयोगी हाँसोसहितको जन्मदिन:बिनोद थापाको उदाहरणीय अभियान

© 2025: Touch Khabar All Rights Reserved