
टच संवाददाता
महोत्तरी
४० बुँदे घोषणपत्र सार्वजनिक गर्दै जनता मावि गौरिडाँडाले आयोजना गरेको शिक्षा सम्मेलन सकिएको छ । देशकै एक गुणस्तरीय शिक्षा प्रदायक शैक्षिक गन्तव्य जनता माविलाई बनाउने योजना अनुरुप जनता मावि गौरिडाँडाले शिक्षा सम्मेलन गरेको विद्यालयले जनाएको छ । समुदाय स्तरको सुझाव र सल्लाह अनुसार विद्यालयलाई रुपान्तरण गर्दै देशकै बृहत विद्यालय बनाउने योजना अनुरुप सम्मेलन आयोजना गरिएको जनता मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन ढुङ्गानाले बताए । विहिबार नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेपछि सुरु भएको शैक्षिक सम्मेलन शनिबार साँझ ५ बजे ४० बुद्धे घोषणपत्र सार्वजनिक गर्दै सकिएको ढुङ्गानाले बताए ।
२०७१ सालदेखि आमा समुहहरु गठन सुरु गरेको विद्यालयमा अहिले रहेका १८ वटा आमा समुह, विद्यालय व्यवस्थापन समिति,अभिभावक, बर्दिवास नगरपालिका,शिक्षाविद्ध र समाजशास्त्रीहरुको सहभागीतामा अव सामुदायिक विद्यालय कस्तो हुनुपर्छ र जनता माविलाई देशकै बृहत नमुना विद्यालय बनाउ“न कस्तो योजना लिएर जाने भन्ने विषयमा सम्मेलनमा गहन छलफल र गृहकार्य गरि सार्वजनिक घोषणपत्रका आधारमा एक महिनाभित्र १० वर्षे गुरुयोजना बन्ने अध्यक्ष ढुङ्गानाले बताए । विद्यालय स्तरमा पढाई हुने सबै विषय र नेपालका सबै मानिसले ज्ञान,श्रम र सीप सहितको गुणस्तरिय शिक्षा पाउनेगरि सम्मेलनबाट गुरुयोजना बन्दै गरेको विद्यालयले जनाएको छ ।
झट्ट हेर्दा एउटा विद्यालयले सम्मेलन आयोजना गरिएको देखिएपनि समग्र बर्दिवास नगरपालिका भित्रका ५१ वटै सामुदायिक विद्यालय कस्तो बनाउ“ने भन्ने विषयमा नगरपालिकाले चासोका साथ सम्मेलनलाई लिएको बर्दिवास नगर शिक्षा शाखाका अधिकृत गणेश दहालले बताए । बर्दिवासका सबै सामुदायिक विद्यालयको अवस्था र यतास्थिती परिवर्तन गर्दै शैक्षिक रुपान्तरण र बर्दिवासलाई शैक्षिक हब बनाउन यो सम्मेलन नमुना सावित हुने दाहालले बताए ।
बर्दिवास जनता माविले थालेको नमुना बृहत विद्यालय बनाउने योजना र आयोजना गरिएको सम्मेलन नेपालमै नमुना काम भएको शिक्षा विद्धहरुले बताएका छन् । पालिका स्तरमा विद्यालय सुधार कार्यक्रम अन्र्तगत देशका विभिन्न ठाउँमा सम्मेलनहरु आयोजना गरिएको भएपनि १० वर्षमा यो विद्यालयलाई यस्तो विद्यालय बनाउँछौ भनि जनता माविले देखेको सपना, गरेको अठोट र सम्मेलनले निर्माण गर्ने १० वर्षे गुरुयोजना शैक्षिक क्षेत्रको उन्नयनका लागि निकै महत्वपूर्ण र नेपालमै नमुना काम भएको समाजशास्त्री विमल फूयालले बताए । बृहत विद्यालय भनेको केहो, यसको अवधारण,बृहत विद्यालयको पुर्वाधार विकास, व्यवस्थापन समितीको नेतृत्व र विद्यालयको संरचना कस्तो हुने, डिजिटल शिक्षा कस्तो बनाउने,कस्तो पाठ्क्रम लिदै जाने,विद्यार्थिको सिकाई संगै अन्य क्षमतालाई कसरी विकास गर्ने लगायत विविध १५ वटा विषयमा १८ वटा समुहले सम्मेलन अवधिमा छलफल गर्ने र सम्मेलनको अन्त्यमा समुदायस्तरबाट आएका समग्र विषयहरु समेट्दै शिक्षका विज्ञहरु बसेर १० घोषणपत्र तयार पारेको र त्यसैमा आधारित रहेर अव विद्यालयले कार्ययोजना बनाउने फूयालले बताए ।
विद्यालयतर्फ कक्षा १२ सम्म संचालन हुँदै आएको जनता माविले संचालन गरेको ३ वर्षे बालि विज्ञान र पशु विज्ञानमा समेत गरि २ हजार ३ विद्यार्थि जनता माविमा अध्ययन गरिरहेका विद्यालयले जनाएको छ । विद्यालयले कृषक सहयोग अन्तर्गत स्थानीय कृषकहरुलाई माटो परिक्षण,बाली सम्बन्धि प्राविधिक सहयोग, पशु सेवा लगयात विभिन्न सेवाहरु उपलब्ध गराउँदै आएको विद्यालयका प्रधानाध्यापक दिपक बरालले जानकारी दिए ।
शतप्रतिसत नतिजाका साथमा प्रदेशमै उत्कृष्ट प्रतिफल प्राप्त गर्ने सामुदायिक विद्यालयको परिचय बनाएको जनता माविले योजना अवधिमा ५ हजार विद्यार्थि भर्ना गर्ने अभियान संचालन गर्ने, पढ्दै कमाउ“दै जस्तो नमुना कार्यक्रम सचालन गर्ने,पाठ्यक्रमलाई सृजनात्मक बनाउने र कार्यान्वयन गर्ने,अभिभावकको सहभागिता सुनिश्चितता,तीनै तहका सरकार र संघ संस्थासंग विद्यालयलाई जोड्दै जाने,आमा समुहलार्य कार्यविधि बनाएर नियमित तथा औपचारिक रुपमा विद्यालयले परामर्श गर्ने,आमा समुहलाई श्रम सीप र उधमशिल बनाउने लगायत विविध बुद्धाहरु समेटिएको घोषणापत्र सार्वजनिक गरेको छ ।