Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

जनता बहुमुखी क्याम्पसको अध्यक्षमा भरत हमाल

२ असार २०८०, शनिबार १४:२९

टच संवाददाता
महोत्तरी
बर्दिवास जनता बहुमुखी क्याम्पसको शनिवार भएको निर्वाचनमा भरत हमाल निर्वाचित भएका छन् । क्याम्पस व्यवस्थापन समितिको अध्यक्ष सहित कार्यसमितिका लागि भएको निर्वाचनमा ५३ मतान्तरले हमाल निर्वाचित भएका हुन् । हमालले १ सय २२ मत प्राप्त गरि विजयी भएका निर्वाचन समितिका संयोजक दिलीप तिवारीले जानकारी दिए ।

हमालसंग प्रतिष्पर्धामा रहेका निकटतम प्रतिद्धन्दि गुन्ज बहादुर खड्काले ६९ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ । त्यस्तै उपाध्यक्षमा १ सय १ मत प्राप्त गरि यूवराज अधिकारी (प्रदिप) विजयी भएका छन् भने उनका प्रतिद्धन्दी श्याम खड्काले ८७ मत प्राप्त गरेका छन् ।

सदस्यहरुमा १ सय १२ मत प्राप्त गर्ने बिनिता राई,१ सय ११ मत प्राप्त गरि सन्त परियार,१ सय ११ मत प्राप्त गरि धन नारायण श्रेष्ठ,९५ मतका साथ राम नरेश महतो,१सय १ मत सहित दान बहादुर थापा विष्णु,१ सय ५ मत प्राप्तगर्ने शम्भु प्रसाद भट्टराई,९० मत सहित हेम सागर वाग्ले,१ सय १७ मत प्राप्त गर्ने शेखर प्रसाद पौडेल र ९७ मत प्राप्त गरि खड्ग बहादुर सिंह विजयी भएका निर्वाचन समितिले जनाएको छ ।
हाल २ सय १० जना प्राज्ञ सदस्य रहेको क्याम्पस व्यवस्थापन समितिको निर्वाचनमा १ सय ९२ मत खसेको थियो । ११ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा दुईवटा प्यानलबाट २२ जनाले उम्मेदवारी दिएका थिए । हाल निर्वाचित अध्यक्ष हमाल बर्दिवास वडा नं १४ का निवर्तमान अध्यक्ष हुनुहुथ्यो भने निकटतम प्रतिद्धन्दि खड्का क्याम्पस व्यवस्थापन समितिको निवर्तमान अध्यक्ष हुनुहुथ्यो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

बर्दिबास बोर्डिङ स्कुलद्वारा बाढीपीडितका लागि रु. १ लाख २ हजार सहयोग

रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

जनसरोकारका मुद्दामा सरकार जिम्मेवार बनेको छैन : हर्क साम्पाङ

ताजा अपडेट
  • बर्दिबास बोर्डिङ स्कुलद्वारा बाढीपीडितका लागि रु. १ लाख २ हजार सहयोग

  • रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

  • भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

  • खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

  • भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

  • जनसरोकारका मुद्दामा सरकार जिम्मेवार बनेको छैन : हर्क साम्पाङ

© 2026: Touch Khabar All Rights Reserved