Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

प्रकृति र नदी संरक्षण अभियानमा जोडिदैँ अभियन्ता:निरोज अधिकारीको संयोजकत्वमा २१ सदस्यीय महोत्तरी समिति गठन

३१ बैशाख २०८०, आईतवार १२:२९

टच समाचारदाता
कमला जलधार संरक्षण अभियानले अभियन्ताहरुको जिल्ला स्तरिय समिति गठन गर्दै मधेस प्रदेशको प्रकृति तथा नदी संरक्षण गर्ने अभियान थालेको छ । आईतबार महोत्तरीको बर्दिवासमा अभियन्ताहरुको २१ सदस्यि जिल्ला समिति गठन गरि एक वर्षमा नदि तथा प्रकृति संरक्षणका लागि गर्ने कामको योजना तय गरिएको नव गठित समितिका संयोजक निरोज अधिकारीले जानकारी दिए ।
अभियन्ताहरुको भेलाले प्रकृति तथा नदिमा देखिएका समस्या र समाधानका उपायहरु प्हिचान गरेपछि योजना तय गरेको अधिकारीले बताए । एक वर्षमा प्रकृति र नदी जोगाउन महोत्तरिका १५ पालिकामा १५ वटा सचेतना कार्यक्रम गर्ने,प्रत्यक पालिकामा १० हजारका दरले १ लाख ५० हजार विरुवा रोप्ने,सम्बन्धित निकायमा आवश्यक्ता अनुसार ध्यानाकर्षण तथा ज्ञापनपत्र बुझाउने,विभिन्न जिम्मेवार निमायमा कानुनी कार्बाहिका लागि दवाब दिने लगायतका योजना एक वर्षका लागि तय गरिएको अधिकारीले जानकारी दिए ।
जिल्लामा संचालन भएका क्रसर उद्योगहरुले नदीको अबैध रुपमा चरम दोहन गरिरहेकाले प्रकृति कुरुप भएर नदी नामका मात्रै भएका र पानिका मुहान सुक्दै गएका,कलकारखानाको फोहोर नदिमा मिसावट,तटबन्धका नाममा मापदण्ड विपरित कार्य,बन तथा सार्वजनिक सम्पतीमाथी अतिक्रमण लगायतका समस्या अहिले प्रकृतिमा देखिएको जिल्ला स्तरिय भेलाले पहिचान गरेको थियो । देखिएका समस्याको समाधानका लागि आम जनमानसमा जनचेतना अभिवृद्धि गर्ने,पूर्ववत नदी सभ्यताको खोजी गर्ने,नदी किनारमा वृक्षारोपण,सुन्दरता र हरियाली बढाउने अभियान चलाउने,दण्ड जरिवानाको व्यवस्था गर्ने,चुरे क्षेत्रमा पानीका मुहानको संरक्षण गर्ने,सार्वजनिक सम्पति र जल,जमिन र जङ्गलको संरक्षण गर्ने लगायतका सुझाव भेलाले दिएको थियो । भेलामा अभियन्ताहरुबाटै आएका सुझावका आधारमा जिल्लाले एक वर्षमा गर्ने कामको योजना बनाएको अभियन्त विनोद बरालले बताए ।
विगत ५ वर्षदेखि जल,जमिन,जनता,जीव र जङ्गल बचाउने अभियान अन्र्तगत प्रकृति र नदीको अधिकार संरक्षण अभियान थालिएको कमला जलधार संरक्षण अभियानका अध्यक्ष बिक्रम यादवले बताए । प्रकृति र नदी बरदान हो भने यसको संरक्षण गर्नूपर्छ भनेर वर्षाैदेखि भईरहेको नदिजन्य पदार्थको अवैध उत्खनन् रोक्न सुरु गरेपछि अभियान थालनी भएको यादवले बताए ।
मधेस प्रदेका अन्य जिल्लामा पनि अभियन्ताहरुको समिति बनाउने काम भईरहेको नदी तथा प्रकृति संरक्षण अभियानका अगुवा अभियन्ता डाक्टर चिरन्जीवि भट्टराईले बताए । आजभन्दा ३० वर्ष अघिसम्म प्रकृतिसंगै मानिस मिलेर बसेका पाईएको भएपनि त्यसएता मानिस प्रकृतिको क्षयीकरणमा लागेकाले अव संरक्षण अभियान जरुरी भएको भट्टराईले बताए ।
तस्बिर सुनिता बराल
महोत्तरीमा एक वर्षमा प्रकृति तथा नदी संरक्षणका क्षेत्रमा गर्ने कामको योजना महोत्तरीका संयोजक निरोज अधिकारीलाई हस्तानातरण गर्दै कमला जलधार संरक्षण अभियानका अध्यक्ष बिक्रम यादव (बा“या)

प्रतिक्रिया
सम्बन्धित समाचार

प्रधानमन्त्री मातहतको गुप्तचर निकायलाई कानुनी दायरामा ल्याइँदै

धान दिवसको अवसरमा प्रलेस मधेशद्वारा स्रष्टा सम्मान

संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि सिफारिस समितिको प्रक्रिया अघि बढेको छ : मन्त्री गौतम

‘प्रकोपलाई प्रतिशोधसँग जोड्नु गलत’ : गृहमन्त्री गुरुङ

मन्त्री बादीः हिंसामुक्त समाज निर्माण सरकारको प्रमुख प्राथमिकता

मटिहानी नगरपालिकाले ल्यायो ४७ करोड ४५ लाख रुपैयाँको बजेट

ताजा अपडेट
  • प्रधानमन्त्री मातहतको गुप्तचर निकायलाई कानुनी दायरामा ल्याइँदै

  • धान दिवसको अवसरमा प्रलेस मधेशद्वारा स्रष्टा सम्मान

  • संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि सिफारिस समितिको प्रक्रिया अघि बढेको छ : मन्त्री गौतम

  • ‘प्रकोपलाई प्रतिशोधसँग जोड्नु गलत’ : गृहमन्त्री गुरुङ

  • मन्त्री बादीः हिंसामुक्त समाज निर्माण सरकारको प्रमुख प्राथमिकता

  • मटिहानी नगरपालिकाले ल्यायो ४७ करोड ४५ लाख रुपैयाँको बजेट

© 2026: Touch Khabar All Rights Reserved