
टच समाचारदाता
कमला जलधार संरक्षण अभियानले अभियन्ताहरुको जिल्ला स्तरिय समिति गठन गर्दै मधेस प्रदेशको प्रकृति तथा नदी संरक्षण गर्ने अभियान थालेको छ । आईतबार महोत्तरीको बर्दिवासमा अभियन्ताहरुको २१ सदस्यि जिल्ला समिति गठन गरि एक वर्षमा नदि तथा प्रकृति संरक्षणका लागि गर्ने कामको योजना तय गरिएको नव गठित समितिका संयोजक निरोज अधिकारीले जानकारी दिए ।
अभियन्ताहरुको भेलाले प्रकृति तथा नदिमा देखिएका समस्या र समाधानका उपायहरु प्हिचान गरेपछि योजना तय गरेको अधिकारीले बताए । एक वर्षमा प्रकृति र नदी जोगाउन महोत्तरिका १५ पालिकामा १५ वटा सचेतना कार्यक्रम गर्ने,प्रत्यक पालिकामा १० हजारका दरले १ लाख ५० हजार विरुवा रोप्ने,सम्बन्धित निकायमा आवश्यक्ता अनुसार ध्यानाकर्षण तथा ज्ञापनपत्र बुझाउने,विभिन्न जिम्मेवार निमायमा कानुनी कार्बाहिका लागि दवाब दिने लगायतका योजना एक वर्षका लागि तय गरिएको अधिकारीले जानकारी दिए ।
जिल्लामा संचालन भएका क्रसर उद्योगहरुले नदीको अबैध रुपमा चरम दोहन गरिरहेकाले प्रकृति कुरुप भएर नदी नामका मात्रै भएका र पानिका मुहान सुक्दै गएका,कलकारखानाको फोहोर नदिमा मिसावट,तटबन्धका नाममा मापदण्ड विपरित कार्य,बन तथा सार्वजनिक सम्पतीमाथी अतिक्रमण लगायतका समस्या अहिले प्रकृतिमा देखिएको जिल्ला स्तरिय भेलाले पहिचान गरेको थियो । देखिएका समस्याको समाधानका लागि आम जनमानसमा जनचेतना अभिवृद्धि गर्ने,पूर्ववत नदी सभ्यताको खोजी गर्ने,नदी किनारमा वृक्षारोपण,सुन्दरता र हरियाली बढाउने अभियान चलाउने,दण्ड जरिवानाको व्यवस्था गर्ने,चुरे क्षेत्रमा पानीका मुहानको संरक्षण गर्ने,सार्वजनिक सम्पति र जल,जमिन र जङ्गलको संरक्षण गर्ने लगायतका सुझाव भेलाले दिएको थियो । भेलामा अभियन्ताहरुबाटै आएका सुझावका आधारमा जिल्लाले एक वर्षमा गर्ने कामको योजना बनाएको अभियन्त विनोद बरालले बताए ।
विगत ५ वर्षदेखि जल,जमिन,जनता,जीव र जङ्गल बचाउने अभियान अन्र्तगत प्रकृति र नदीको अधिकार संरक्षण अभियान थालिएको कमला जलधार संरक्षण अभियानका अध्यक्ष बिक्रम यादवले बताए । प्रकृति र नदी बरदान हो भने यसको संरक्षण गर्नूपर्छ भनेर वर्षाैदेखि भईरहेको नदिजन्य पदार्थको अवैध उत्खनन् रोक्न सुरु गरेपछि अभियान थालनी भएको यादवले बताए ।
मधेस प्रदेका अन्य जिल्लामा पनि अभियन्ताहरुको समिति बनाउने काम भईरहेको नदी तथा प्रकृति संरक्षण अभियानका अगुवा अभियन्ता डाक्टर चिरन्जीवि भट्टराईले बताए । आजभन्दा ३० वर्ष अघिसम्म प्रकृतिसंगै मानिस मिलेर बसेका पाईएको भएपनि त्यसएता मानिस प्रकृतिको क्षयीकरणमा लागेकाले अव संरक्षण अभियान जरुरी भएको भट्टराईले बताए ।
तस्बिर सुनिता बराल
महोत्तरीमा एक वर्षमा प्रकृति तथा नदी संरक्षणका क्षेत्रमा गर्ने कामको योजना महोत्तरीका संयोजक निरोज अधिकारीलाई हस्तानातरण गर्दै कमला जलधार संरक्षण अभियानका अध्यक्ष बिक्रम यादव (बा“या)