Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

अपाङ्गता भएका विद्यार्थिको सिकाईमा वरदान बन्दै आधुनीक प्रविधि

१४ बैशाख २०८०, बिहीबार ०७:२०

टच समाचारदाता
महोत्तरी
मधेस प्रदेशका ५० वटा विद्यालयमा अध्ययन गर्र्ने अपाङ्गता भएका १५ हजार ६ सय ४९ विद्यार्थिले उच्च प्रविधिमार्फत अध्ययन गरिरहेका छन् । प्रदेशका ८ जिल्ला मध्य धनुषा,महोत्तरी,सर्लाहि र रौटहटका विद्यालयमा विशेष शिक्षा लिईरहेका विद्यार्थिले उच्च प्रविधिमार्फत अध्ययन गरिरहेका प्रेरणा संस्थाकी अध्यक्ष विमला घिमिरेले जानकारी दिईन् । द्यृष्टिविहीन,बहिरा,सुस्त श्रवण,अटिजम, बौद्धिक वा अन्य अपाङ्गगता भएका विद्यार्थिहरुको उपलब्धिमुलक सिकाईका लागि काम गरिरहेको प्रेरणाले प्रत्यक विद्यालयमा आवश्यक्ता अनुरुप स्मार्ट टेलिभिजन,ट्याबलेट,दृष्टिविहिन मैत्री रेडियो,ब्रेल स्टाइलस र स्लेट,विभिन्न डिजिटल एप्स राखिएका शैक्षिक सामाग्री सहितका पेनड्राईभ लगायतका सामाग्रि विद्यार्थिलाई उपलब्ध गराएको घिमिरेले बताईन् ।

विद्यालयमा उपलब्ध प्रविधिले विद्यार्थिको सिकाईमा सकारात्मक प्रभाव परिरहेको विद्यालयले जनाएको छ । विद्यार्थिले प्रविधिलाई सदुपयोग गर्दै पढाईमा उपलब्धि हासिल गर्दै अघि बढिरहेका महोत्तरीको जनता मावि कोलुवा बगैयाका प्रधानाध्यापक जिवछ ठाकुरले बताए । पढाई प्रति विद्यार्थिको जागरुकता बढेको उनले बताए । टेलिभिजन सुनेर,हेरेर,ट्याबलेट र विभिन्न शैक्षिक एप ट्याबलेट मार्फत चलाएर पनि विद्यिार्थि पढाईमा ध्यान दिईरहेका उनले बताए ।
विभिन्न प्रविधिबाट देखी,सुनेपछि विद्यार्थिहरुको अन्य क्षमता पनि बढ्दै गएको गौर बाल मन्दिर रौतहटका प्रधानाध्यापक गणेश यादवले बताए । गित,कविता,गजल समेतमा विद्यार्थिहरुको चासो बढिरहेको यादवले बताए । अहिले अपाङ्गता भएका विद्यार्थिपनि विद्यालयका अन्य मनोरन्जनात्मक गतिविधिमा समावेश हुन थालेका यादवले जानकारी दिए । सरकारलेनै फरक क्षमता भएका विद्यार्थिका लागि पढ्ने भौतिक संरचनादेखि, खेल्ने मैदान र अन्य आवश्यक शैक्षिक व्यवस्थापन सरकारले मिलाईदिन पर्ने यादवले बताए ।
अन्य क्रियाकलापमा निकै सक्रिय श्रवण शक्ति नभएका विद्यार्थि विकेश रामले टेलिभिजन,ट्याबलेट र शैक्षीक एपहरुद्धारा पढाईमा निकै मद्धत भएको बताए । आफु“लाई अभिनय गर्न चाहाना भएकाले कतिपय अभिनय टेलिभिजनबाट सिकिरहेको उनले बताए ।

 
पहिले देखेर,छामेर,सुनेर, सुगेर पत्ता लगाउ“ने र सिकाई गर्ने फरक क्षमता भएका व्यक्तिका लागि अहिलको प्रविधि बरदान बन्दै गएको जलधर कमलदेव नमुना मावि सर्लाहिकी प्रध्यानाध्यापक बिनिता कुमारी साहले बताईन् ।
सरकारले गर्नपर्ने तालिम र शैक्षिक व्यवस्थापन गर्न विद्यालयहरुमा प्रेरणाले निकै महत्वपूर्ण भुमिका खेलिरहेको शैक्षिक तालिम केन्द्र बाराका प्रमुख ठुलोबाबु दाहालले बताए । अपाङ्गता भएका विद्यार्थिलाई पनि सिकाउने तरिका सहि र सहज भयो भने सिकाई प्रभावकारि हुने रहेछ भन्ने उदाहरण अहिले विद्यार्थिले प्रयोग गरिरहेको उच्च प्रविधिको प्रयोगको सिकाईले जनाएको दाहालले बताए ।
छोटो समयमै प्रेरणाले गरको कामको राम्रो प्रभाव परेको प्रतित्रिया विद्यार्थि र विद्यालयबाट पाउ“दा निकै खुशी लागेको कार्यक्रमका संयोजक राजु लामाले बताए । सिकाईको विश्वब्यापी ढाचा“ सम्बन्धि शिक्षण सिकाई तालिम,पुनर्ताजगी तालिमहरु समेत दिई शिक्षकहरुलाई समेत दक्षता वृद्धि गर्न संस्थाले काम गरेको लामाले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

बर्दिवासमा पद्म शमशेर खड्का स्मृति प्रतिष्ठानको घरदैलो अनुगमन तीव्र

७५औँ अङ्कसँगै नयाँ नेतृत्व, बर्दिबासमा साहित्यिक उत्सव

बेमौसमको पानीले किसानलाई पिरलो : धान भित्र्याउन सकस

गौरीबास युथ क्लवको आयोजनामा प्रथम खुल्ला भलिबल नकआउट प्रतियोगिता हुने

‘पठनसंस्कृति प्रवर्द्धन’ विषयमा बर्दिवासमा पुस्तकालय दिवसको अन्तरक्रिया सम्पन्न

हिरा गौतम ‘बर्दिवास वर्ष व्यक्ति सम्मान’ बाट विभूषित

ताजा अपडेट
  • बर्दिवासमा पद्म शमशेर खड्का स्मृति प्रतिष्ठानको घरदैलो अनुगमन तीव्र

  • ७५औँ अङ्कसँगै नयाँ नेतृत्व, बर्दिबासमा साहित्यिक उत्सव

  • बेमौसमको पानीले किसानलाई पिरलो : धान भित्र्याउन सकस

  • गौरीबास युथ क्लवको आयोजनामा प्रथम खुल्ला भलिबल नकआउट प्रतियोगिता हुने

  • ‘पठनसंस्कृति प्रवर्द्धन’ विषयमा बर्दिवासमा पुस्तकालय दिवसको अन्तरक्रिया सम्पन्न

  • हिरा गौतम ‘बर्दिवास वर्ष व्यक्ति सम्मान’ बाट विभूषित

© 2026: Touch Khabar All Rights Reserved