राधाकृष्ण शर्मा
महोत्तरी
कोभिड १९ पछि थलिएको व्यापार क्षेत्रको प्रबद्र्धन सहित बर्दिवासको पहिचानका लागि चौथो बर्दिवास महोत्सव आगामी चैत ३ गतेबाट सुरु हुने भएको छ । शनिवार पत्रकार सम्मेलन गर्दै महोत्सव चैत ३ देखि १३ गतेसम्म चल्ने आयोजक समितिले जनाएको छ । उद्योग वाणिज्य संघ र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान महोत्तरीको आयोजना महोत्सव हुने भएको हो ।
बर्दिवास महोत्सव गर्न ५५ लाख खर्च र ६० आम्दानी हने अनुमान गरिएको बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खड्काले जानकारी दिए ।
बर्दिवास सहित महोत्तरीको स्थानिय उत्पादनलाई व्यापारीकरण गर्नु र पर्यटन संग जोड्दै कला संस्कृतीको प्रर्बद्धन गर्दै समृद्ध बर्दिवास बनाउनु महोत्सवको मुख्यउदेश्य रहेको खड्काले बताए ।
महोत्सवमा १ सय ७० भन्दा बढि स्टल रहने र स्थानिय व्यापारीलाई विशेष सहुलियत दिने व्यापार संघले जनाएको छ । मनोरन्जन र आर्थिक उपार्जनका लागि पनि राष्ट्रिय कलाकारका प्रस्तुती,खेल सामाग्री लगायतका आवश्यक सम्पुर्ण व्यवस्थापन आयोजकले गर्ने व्यापार संघका महासचिव उत्तम श्रेष्ठले जानकारी दिए । प्रवेश शुल्क आम मानिसलाई ६० र विद्यार्थिलाई ४० गरिएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया
ताजा अपडेट
© 2025: Touch Khabar All Rights Reserved