Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

नेविसंघ महोत्तरीमा विवाद

११ फाल्गुन २०७९, बिहीबार १२:३०

राधाकृष्ण शर्मा
महोत्तरी
नेपाल विद्यार्थि संघ (नेविसंघ)महोत्तरीमा विवाद देखिएको छ । संघका विद्यार्थिहरुसंग छलफलनै नगरि पार्टिका नेताहरुले अध्यक्षमा सुनिल सुमनको नाम केन्द्रमा पठाएको र केन्द्रले सुमनलाई अध्यक्ष तोकिदिएको भन्दै जिल्लामा विवाद सुरु भएको हो ।
केन्द्रबाट अध्यक्षका लागि तीन जनाको नाम पठाउन पत्राचार गरे पनि महोत्तरीबाट सुमनको नाम मात्रै केन्द्रमा सिफारिस भएको थियो । एक विज्ञप्ती सार्वजनिक गर्दै नेविसंघका केन्द्रिय सदस्य विजय रायसहितका विद्यार्थि नेताले जिल्ला र केन्द्रले गरेको निर्णय तत्काल सच्याउन पर्ने माग राखेको छ ।
स्ववियु निर्वाचन नजिकिदै गर्दा नेविसंघको आन्तरिक विवादले जिल्लाका दुई क्याम्पसमा हुने निर्वाचनमा समेत असर पर्ने देखिएको विद्यार्थि नेताहरुले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ ।

बुधबार २३ जना विद्यार्थि नेताले सामुहिक रुपमा विज्ञप्तीमा हस्ताक्षर गर्दै जिल्ला र केन्द्रले गरेको निर्णयले नेविसंघको लोकतान्त्रिक इतिहास र गरिमामा चोट पुगेको बताएका छन् । साथै विद्यार्थि नेताहरुले जिल्ला र केन्द्रले आफ्नो निर्णय तत्काल नसच्याए अर्काे नेतृत्व चयन गरेर अघि बढ्न सक्ने चेतावनी समेत दिएका छन् ।
नेपाली कांग्रेसका जिल्ला सभापति नागेन्द्र यादवले भने जिल्लामा छलफल गरेरै सुमनको नाम केन्द्रमा पठाएको दावी गरे । सुमनको नाम विधिवत् रुपमै केन्द्रमा पठाएकाले विद्यार्थिहरुको असन्तुष्टि के विषयमा भन्ने बारे आफुले नबुझेको यादवले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको ७०औँ शृङ्खला सम्पन्न

बर्दिबास सेवा समितिको बहुउपयोगी हल अब सभा हलमा रुपान्तरण हुने

बर्दिवास उद्योग वाणिज्य संघ : समृद्धिको बाटोमा दृढ पाइला

मधेश प्रदेशमा पर्यटन बोर्ड गठनको तयारी, नियमावली अन्तिम चरणमा

लेनिन शतवार्षिकी समारोहमा अन्तरक्रियात्मक गोष्ठी सम्पन्न

कृष्णभीरबाट मोटरसाइकल खस्दा एकजनाको मृत्यु

ताजा अपडेट
  • बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको ७०औँ शृङ्खला सम्पन्न

  • बर्दिबास सेवा समितिको बहुउपयोगी हल अब सभा हलमा रुपान्तरण हुने

  • बर्दिवास उद्योग वाणिज्य संघ : समृद्धिको बाटोमा दृढ पाइला

  • मधेश प्रदेशमा पर्यटन बोर्ड गठनको तयारी, नियमावली अन्तिम चरणमा

  • लेनिन शतवार्षिकी समारोहमा अन्तरक्रियात्मक गोष्ठी सम्पन्न

  • कृष्णभीरबाट मोटरसाइकल खस्दा एकजनाको मृत्यु

© 2025: Touch Khabar All Rights Reserved