Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

बर्दिवास खानेपानी संस्थाको ९ सदस्य कार्यसमितिका लागि ४३ जनाको उम्मेदवारी

१ फाल्गुन २०७९, सोमबार १२:५१

सुनिता बराल
सानाशहरी खानेपानि तथा सरसफाई उपभोक्ता बर्दिवासको ९ सदस्य कार्यसमितीका लागि ४३ जनामा प्रतिष्पर्धा हुने भएको छ । आगामि फागुन १४ गते हुने निर्वाचनका लागि सोमबार ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
अध्यक्षका लागि ८ जना,उपाध्यक्षमा ४ जना,सचिवमा ४ जना,कोषाध्यक्ष पदमा ८ जना र सदस्यमा १९ जनाले उम्मेदवारी दिएका निर्वाचन समितिका संयोजक सन्देश अधिकारीले जानकारी दिए ।
निर्वाचन समितिले उम्मेदवारी परेका व्यक्तिको नावामाली समेत सार्वजनिक गरिसकेको छ । २ दावि विरोध, ३ गते गते मनोनयन जा“च र नामावली प्रकासन,४ गते उम्मेदवारी फिर्ता,अन्तिम नामावलि प्रकाशन र उम्मेदवारलाई चुनाव चिन्ह वितरण र १४ गते निर्वाचन सम्पन्न गर्ने तालिका रहेको समितिका संयोजक अधिकारीले जानकारी दिए ।

संस्थाको अध्यक्ष पदका लागि बर्दिवास ३ का भोजराज भट्टराई (पुरुषोतम),बर्दिवास १ का जयनारायण शर्मा,बर्दिवास १ का भुलन बहादुर सेन ठकुरी,बर्दिवास २ का देव नारायण महतो,बर्दिवास १ का चुणामणि पोखरेल,बर्दिवास १ का निरोज अधिकारी,बर्दिवास १४ का हिरालाल गौतम र बर्दिवास १ का गणेश कुमार सिंह सहित ८ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा रेखा कुमारी महतो,नोरमणी पोखरेल,चम्पा माया मिरिङ्गचिङ्ग र राजेन्द्र विक्रम थापा, सचिवमा प्रेम बहादुर भुजेल,उमेश कुमार महतो,कृष्ण प्रसाद घिमिरे र उदय बहादुर भण्डारीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै होममाया परियार,भवनाथ खतिवडा,पर्शुराम गिरी,चेत कुमार थापा,गोविन्द प्रसाद पौडेल,रमेश कुमार श्रेष्ठ,भोज प्रसाद फूयाल शंकर,रबिन कुमार गौतम र सदस्यहरुमा खड्ग प्रसाद घिमिरे,माया कुमारी मस्राङ्गी,भक्ति क्याप्छाकी,हिमाली हमाल,भक्त कुमारी थापा,राजु ढुङ्गगाना,गंगा बहादुर कार्कि दिपक,शर्मिला परीयार दमाई,शुत्र बहादुर थापामगर,ममता विश्वकर्मा,सकुन्तला पोखरेल,तुलसा कुमारी पौडेल,मिना देवी महतो,प्रियंका कुमारी कर्ण,रिंकु कुमारी साह,केशव प्रसाद घिमिरे,खुब बहादुर बरुवाल,हेम कुमारी थापा र बिमाइ तामाङ्गको नाम समेत निर्वाचन समितिले सार्वजनिका गरेको छ ।
बर्दिवास १,२,३ र १४ का करिब ५ हजार उपभोक्ताले निर्वाचनमा मतदान गर्ने खानेपानि संस्थाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

जनसरोकारका मुद्दामा सरकार जिम्मेवार बनेको छैन : हर्क साम्पाङ

प्रधानमन्त्री मातहतको गुप्तचर निकायलाई कानुनी दायरामा ल्याइँदै

ताजा अपडेट
  • रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

  • भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

  • खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

  • भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

  • जनसरोकारका मुद्दामा सरकार जिम्मेवार बनेको छैन : हर्क साम्पाङ

  • प्रधानमन्त्री मातहतको गुप्तचर निकायलाई कानुनी दायरामा ल्याइँदै

© 2026: Touch Khabar All Rights Reserved