Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

माघ २६ गतेदेखि बर्दिवासमा दोश्रो मेयर गोल्ड कप फुटवल प्रतियोगिता सुरु हुने

२० माघ २०७९, शुक्रबार १५:४८

टच संवाददाता
महोत्तरीको बर्दिवासमा दोश्रो मेयर गोल्ड कप फुटवल प्रतियोगिता आगामी माघ २६ गतेबाट शुरु हुने भएको छ । बर्दिवास नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता हुन लागेको आयोजक समितिले जनाएको छ ।
एन्फाको स्वीकृती लिएर राष्ट्रिय स्तरको खेल बर्दिवासमा यो पहिलोपटक आयोजना गरिएको समितिका अध्यक्ष दिपेन्द्र कुमार शिवभक्तिले जानकारी दिए । ५ लाख प्रथम पुरस्कार र द्धितिय पुरस्कार ३ लाख रहेको समितिले जनाएको छ ।

खेलको अनुमानित बजेट ४५ लाख रहेको शिवभक्तिले बताए । बर्दिवास नगरपालिकाको ३० लाख र अन्य रकम सहयोगबाट उठाउने योजना रहेको उनले बताए । बर्दिवास रंगशालामा हुने प्रतियोगिता फागुन ४ गतेसम्म चल्ने खेलकुद समितिले जनाएको छ ।
प्रतियोगितामा बागमती युवा क्लब,विरगंज यूनाईटेड,क्यामरुन एफ सी काठमाण्डौ“,झापा ११ फुटबल क्लब,बर्दिवास युथ क्लब,पेमा युवा क्लब विराटनगर,ब्वाइज युनियन क्लब काठमाण्डौ“ र धरान फुटबल क्लबले भाग लिने आयोजकले जनाएको छ । ८ वटा समुहका राष्ट्रिय स्तरका खेलाडिले प्रतियोगितामा भाग लिएकाले यस खेल निकै महत्वपूर्ण र रोमान्चक हुने आयोजकको विश्वास रहेको शिवभक्तिले बताए ।

महोत्तरीबाट बर्दिवास युथ क्लबले प्रतियोगितामा खेल खेल्ने भएको छ । प्रतियोगितामा खेल्न बर्दिवासबाट १ सय ५ जना खेलाडिले आवेदन दिएकोमा ३५ जना छनौट गरि आवश्यक प्रशिक्षण दिने काम भैरहेको समितिका सचिव अर्जुन बस्नेतले जानकारी दिए । प्रशिक्षण लिएका ३५ जनामध्यबाट २२ जना छनौट गरिने बस्नेतले बताए । बस्नेतका अनुसार प्रशिक्षक कुल बहादुर श्रेष्ठ पप्पुले बर्दिवास रंगशालाकै मैदानमा खेलाडिहरुलाई प्रशिक्षण दिईरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

३४ औँ पारिजात स्मृति दिवसमा कृति लोकार्पण तथा स्रष्टा सम्मान

मटिहानी नगरपालिकालाई सामाजिक विकासमा उत्कृष्ट नगरपालिका सम्मान

राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त

बर्दिबास उद्योग वाणिज्य संघको निर्वाचनमा दिपक कार्की प्यानलको शानदार जीत

बजार क्षेत्रलाई सीसीटीभी युक्त बनाउँदै सुरक्षित र उज्यालो बर्दिबास निर्माण गर्ने श्रेष्ठ प्यानलको प्रतिवद्वता

महोत्तरीमा आइपिएम कृषक पाठशाला

ताजा अपडेट
  • ३४ औँ पारिजात स्मृति दिवसमा कृति लोकार्पण तथा स्रष्टा सम्मान

  • मटिहानी नगरपालिकालाई सामाजिक विकासमा उत्कृष्ट नगरपालिका सम्मान

  • राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त

  • बर्दिबास उद्योग वाणिज्य संघको निर्वाचनमा दिपक कार्की प्यानलको शानदार जीत

  • बजार क्षेत्रलाई सीसीटीभी युक्त बनाउँदै सुरक्षित र उज्यालो बर्दिबास निर्माण गर्ने श्रेष्ठ प्यानलको प्रतिवद्वता

  • महोत्तरीमा आइपिएम कृषक पाठशाला

© 2026: Touch Khabar All Rights Reserved