Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

दिउँसो नागरिकता पाएर अपराह्न सभापति भएका रवि, साँझ गृहमन्त्रीका लागि गरे प्रधानमन्त्रीलाई अनुरोध

१५ माघ २०७९, आईतवार १७:५०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फेरि पनि आफैंलाई गृहमन्त्रीमा नियुक्ति दिन प्रधानमन्त्रीलाई अनुरोध गरेका छन्। साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवास बालुवाटार पुगेका लामिछानेले आफूलाई नै प्रधानमन्त्री बनाउनुपर्ने बताएका हुन्।

आइतबार दिउँसो उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता प्राप्त गरेका थिए। त्यसपछि पार्टी कार्यालयमा बसेको केन्द्रीय कमिटीको बैठकले उनलाई फेरि सभापति मनोनयन गरेको थियो।

‘उहाँले गृहमन्त्रीमै नियुक्तिको कुरा गर्नुभयो,’ प्रचण्डको सचिवालयका एक सदस्यले भने।

सर्वोच्च अदालतको शुक्रबारको फैसलाले उनको पार्टी सभापति, सांसद र मन्त्री पद गएको थियो। नेपालको नागरिकता त्यागेपछि पुन प्राप्तिको प्रक्रियामा नगएको भन्दै उनी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि योग्य नभएको अदालतले आदेश गरेको थियो।

अब उनी तत्काल मन्त्री हुनका लागि संविधानको गैर सांसद पनि मन्त्री हुने व्यवस्था अनुसार मात्रै हुन सक्नेछन्। मन्त्री भएपछि ६ महिनाभित्र संघीय संसदको सदस्य हुन नसके मन्त्री पद स्वतः जाने संविधानमा व्यवस्था छ।

आइतबार बसेको केन्द्रीय समितिको बैठकले पनि गृहमा रास्वपाकै दाबी हुने बताएको थियो। उक्त बैठकमा पनि रविले आफैं गृहमन्त्री हुने ब्रिफिङ गरेको बैठकमा सहभागी नेताले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार

रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

जनसरोकारका मुद्दामा सरकार जिम्मेवार बनेको छैन : हर्क साम्पाङ

प्रधानमन्त्री मातहतको गुप्तचर निकायलाई कानुनी दायरामा ल्याइँदै

ताजा अपडेट
  • रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

  • भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

  • खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

  • भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

  • जनसरोकारका मुद्दामा सरकार जिम्मेवार बनेको छैन : हर्क साम्पाङ

  • प्रधानमन्त्री मातहतको गुप्तचर निकायलाई कानुनी दायरामा ल्याइँदै

© 2026: Touch Khabar All Rights Reserved