Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

दिउँसो नागरिकता पाएर अपराह्न सभापति भएका रवि, साँझ गृहमन्त्रीका लागि गरे प्रधानमन्त्रीलाई अनुरोध

१५ माघ २०७९, आईतवार १७:५०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फेरि पनि आफैंलाई गृहमन्त्रीमा नियुक्ति दिन प्रधानमन्त्रीलाई अनुरोध गरेका छन्। साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवास बालुवाटार पुगेका लामिछानेले आफूलाई नै प्रधानमन्त्री बनाउनुपर्ने बताएका हुन्।

आइतबार दिउँसो उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता प्राप्त गरेका थिए। त्यसपछि पार्टी कार्यालयमा बसेको केन्द्रीय कमिटीको बैठकले उनलाई फेरि सभापति मनोनयन गरेको थियो।

‘उहाँले गृहमन्त्रीमै नियुक्तिको कुरा गर्नुभयो,’ प्रचण्डको सचिवालयका एक सदस्यले भने।

सर्वोच्च अदालतको शुक्रबारको फैसलाले उनको पार्टी सभापति, सांसद र मन्त्री पद गएको थियो। नेपालको नागरिकता त्यागेपछि पुन प्राप्तिको प्रक्रियामा नगएको भन्दै उनी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि योग्य नभएको अदालतले आदेश गरेको थियो।

अब उनी तत्काल मन्त्री हुनका लागि संविधानको गैर सांसद पनि मन्त्री हुने व्यवस्था अनुसार मात्रै हुन सक्नेछन्। मन्त्री भएपछि ६ महिनाभित्र संघीय संसदको सदस्य हुन नसके मन्त्री पद स्वतः जाने संविधानमा व्यवस्था छ।

आइतबार बसेको केन्द्रीय समितिको बैठकले पनि गृहमा रास्वपाकै दाबी हुने बताएको थियो। उक्त बैठकमा पनि रविले आफैं गृहमन्त्री हुने ब्रिफिङ गरेको बैठकमा सहभागी नेताले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार

बर्दिवासमा पद्म शमशेर खड्का स्मृति प्रतिष्ठानको घरदैलो अनुगमन तीव्र

७५औँ अङ्कसँगै नयाँ नेतृत्व, बर्दिबासमा साहित्यिक उत्सव

बेमौसमको पानीले किसानलाई पिरलो : धान भित्र्याउन सकस

गौरीबास युथ क्लवको आयोजनामा प्रथम खुल्ला भलिबल नकआउट प्रतियोगिता हुने

‘पठनसंस्कृति प्रवर्द्धन’ विषयमा बर्दिवासमा पुस्तकालय दिवसको अन्तरक्रिया सम्पन्न

हिरा गौतम ‘बर्दिवास वर्ष व्यक्ति सम्मान’ बाट विभूषित

ताजा अपडेट
  • बर्दिवासमा पद्म शमशेर खड्का स्मृति प्रतिष्ठानको घरदैलो अनुगमन तीव्र

  • ७५औँ अङ्कसँगै नयाँ नेतृत्व, बर्दिबासमा साहित्यिक उत्सव

  • बेमौसमको पानीले किसानलाई पिरलो : धान भित्र्याउन सकस

  • गौरीबास युथ क्लवको आयोजनामा प्रथम खुल्ला भलिबल नकआउट प्रतियोगिता हुने

  • ‘पठनसंस्कृति प्रवर्द्धन’ विषयमा बर्दिवासमा पुस्तकालय दिवसको अन्तरक्रिया सम्पन्न

  • हिरा गौतम ‘बर्दिवास वर्ष व्यक्ति सम्मान’ बाट विभूषित

© 2026: Touch Khabar All Rights Reserved