टच संवाददाता, बर्दिवास ।
‘म मेयर’ विषयक खुल्ला बक्तृत्वकला प्रतियोगितामा बर्दिवासको मेयर बनेर प्रस्तुत भएका तीन विद्यार्थि प्रतियोगितको बिजेता भएका छन् । बर्दिवासका अनिस भण्डारी, इशिका ढुङ्गेल र आशा कुमारी साह प्रतियोगितामा मेयर बनेर आफ्नो योजना प्रस्तुत गर्दै बिजेता बनेका हुन् । जनप्रतिनिधि र राजनितिक व्यक्तिहरुलाई विकासका काममा सहयोग र सम्मान गर्ने वातावरण कसरी बनाउ“न सकिन्छ भन्ने उदेश्य सहित प्रतियोगिता गरिएको आयोजक संस्था ‘सबैका लागि हामी’ बर्दिवासका अध्यक्ष रवि निरौलाले बताए ।
जनप्रतिनिधिलाई गाली र गुनासो गर्ने जो कोहि आफै“ त्यो जिम्मेवारीमा हुदा“ के कस्ता योजनाहरु अघि सारिन्छन् र प्रतियोगीबाट आएका योजनाहरु नगरले अघि सारेको छ कि छैन भन्ने जिज्ञासा सहित बर्दिवासमा पहिलोपटक यस्तो प्रतियोगिता अयोजना गरिएको निरौलाले बताए ।
२५ जनाको खुल्ला आवेदन माग भएको प्रतियोगितामा १९ जनाले सहभागीता जनाएका आयोजक संस्थाले जनाएको छ । निर्णायक मण्डलमा रहेका बर्दिवास शिक्षा शाखा प्रमुख रेवती पराजुली र जन जागृती मावि पाटुका प्रधानाध्यापक रमा शर्मा ढकालको मुल्याङ्कनमा बराबरी अंङ्क पाएपछि तीन जना विद्यार्थि प्रतियोगिताको एक दिनको मेयर बनेर विजयी भएका निर्णायक समितिले जनाएको छ ।
२० हजार पुरस्कार घोषणा गरिएकोमा तीन जना सहभागी विजयी भएपछि बिजेताले जनहि ६ हजार ६ सय ६६ रुपै“या पुरस्कार पाएका छन् । मेयर बनेर प्रस्तुत भएका सहभागीले बर्दिवासमा रोजगारी,शिक्षा र स्वास्थ्यमा बढी काम गर्नेगरि योजना पेश गरेका थिए । प्रतियोगितामा सहभागी मेयरका योजना निकै राम्रा रहेका र बर्दिवासमा यो किसिमको प्रतियोगिता निकै रोमांञ्चक रहेको बर्दिवास उद्योग वाण्ज्यि संघका अध्यक्ष विष्णु खड्काले बताए । सहभागीनै मेयर बनेर योजना प्रस्तुत गर्ने प्रतियोगिता यो नेपालमै पहिलोपटक आजोजना भएको हुनसक्ने खड्काले बताए ।
प्रतियोगितामा सहभागीहरुले निकै राम्रा योजना प्रस्तुत गरेको भन्दै सहभागीलाई बर्दिवास नगरपालिकाका मेयर प्रल्हाद कुमार क्षेत्रिले धन्यवाद व्यक्त गरे । अबको बर्दिवास कस्तो बनाउ“ने भन्ने सन्दर्भमा सहभागी समक्ष आफु“ले लिएका योजना समेत मेयर क्षेत्रीले सुनाएका थिए । सबैका लागि हामी संस्थाले संस्थाको पहिलो वार्षिकोत्सवको अवसरमा यस्तो प्रतियोगिता गरेको जनाएको छ ।