राधाकृष्ण शर्मा
टच सम्वाददाता
फर्निचर तथा फर्निसिङ व्यवसायी संस्था महोत्तरीले प्रगतिशील लेखक संघ मधेश प्रदेश का नवचिर्वाचित अध्यक्ष नारायण घिमिरे र गौरिशंकर मिथिला वाङ्मय प्रतिष्ठानका अध्यक्ष प्रेम घिमिरेलाई सम्मान गरेको छ। मङ्गलबार सँस्थाको कार्यालय वर्दिवासमा नवनिर्वाचित अध्यक्ष द्वयलाई संस्थाका अध्यक्ष गोविन्द बहादुर खड्का रमेश सहित कार्यसमितिले सम्मान गरेको हो।
प्रगतिशील लेखक संघ मधेश प्रदेशका अध्यक्ष नारायण घिमिरे र गौरिशंकर मिथिला वाङ्मय प्रतिष्ठानका अध्यक्ष प्रेम घिमिरेलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै खड्का सहित सबैले खादा माला र अविर लगाएर एक साथ सम्मान गरेका छन् । सम्मान ग्रहण गरेपछि द्धय अध्यक्ष घिमिरेले सम्मान गरेकोकोमा फर्निचर तथा फर्निसिङ व्यवासायीहरुलाई धन्यवाद व्यक्त गरेका छन् । सम्मानले काम गर्नुपर्छ भन्ने उर्जा थपेको प्रगतिशिल लेखक संघ मधेस प्रदेशका अध्यक्ष नारायण घिमिरेले बताए ।