राधाकृष्ण शर्मा
टच खबर संवाददाता
नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी संस्था महोत्तरीले आफ्नो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभामा संघका केन्द्रिय कोषाध्यक्ष बद्री प्रसाद हुमागाईंले आर्थिक मन्दीले गर्दा सँस्थामा नयाँ सदस्यहरुलाई आबद्ध गराउन नसकेको प्रति चिन्ता व्यक्त गर्नुभएको छ।
मङ्गलबार महोत्तरीको वर्दिवास नगरपालिका ३ कालापानी मा भएको सँस्थाको पाँचौ जिल्ला साधारण सभामा प्रमुख अतिथिको आसनबाट बोल्नु हुँदै सँस्थाका महोत्तरी जिल्ला सँस्थापक अध्यक्ष समेत रहनुभएका हुमागाईंले फर्निचर तथा फर्निसिङ व्यवसाय गरिरहेका तर सँस्थामा सदस्यता नलिएका हरुलाई सकेसम्म छिटो भन्दा छिटो सदस्यता लिएर यस सँस्थामा आबद्ध हुन अनुरोध गर्नुभयो। हुमागाईंले यस सँस्थामा आबद्ध भएका सदस्यहरुलाई अचानक भइपरी आएका समस्यामा सँस्थाले आफ्नो आर्थिक कोषबाट आर्थिक सहयोग गर्ने बताउनु भयो।
सँस्थामा सबैको साथ र सहयोग रहे सँस्थालाइ अझ अगाडि लैजान सकिने हुँमागाईले बताउनु भयो। सभाले आज सँस्थामा आबद्ध रहि सदस्यता लिएका ५ जनालाई सदस्यता प्रमाणपत्र सहित दोसल्ला आढाएर सम्मान गरेको छ।